IMG-LOGO

रुपेश र अरविन्द्रको राम्रो काम

 मंगल, चैत १३, २०८०  ---

   बनेपा नगरपालिका वडा नं. ३ काशी भञ्ज्याङ् पिकनिक स्पोर्ट्समा राखिएको नेपालको राष्ट्रिय झण्डा फेरिएको छ । लामो समय सम्म हावाले च्यातिएको नेपालको राष्ट्रिय झण्डा नफेरिएको भन्दै चर्को आलोचना भइरहेको थियो । सोमबार आर्शु स्मृति प्रतिष्ठिनका अध्यक्ष रुपेश काफ्ले र काभ्रे प्रेसको अरबिन्द्र गौतमले हावाले च्यातिएको राष्ट्रिय झण्डा फेरेको हो ।अधिकांसले यसबारे बनेपा नगरपालिकाल वडा नं. ३ गायत सरोकारवाला निकायको आलोचना गरेका थिए। स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकाय, युवा नेताहरु, व्यवसायीहरु, समाजसेवीहरु र अभियान्तले नसके आफूहरुले झण्डा फेर्ने भन्दै काभ्रे प्रेसका अरबिन्द्र गौतमले बताएका थिए । सोही अनुसार काभ्रे प्रेस र आर्शु स्मृति प्रतिष्ठिनले हिजो  च्यातिएको झण्डा फेरिदिएको छ । प्रतिष्ठिनले यो भन्दा अगाडि पनि बनेपा चार दोबाटोमा चार वटा नै राष्ट्रिय झण्डा फेरेको थियो । अनेरास्ववियु काभ्रेले पनि सम्बन्धित निकायको यसमा ध्यानाकर्षण गरेको थियो । तर झण्डा नितान्त एउटा समाजसेवामा अनवरत रुपमा लाग्ने आर्शु स्मृति प्रतिष्ठिन र काभ्रे प्रेसले फेरि दिएको हो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्