संस्कृति शिरोमणि हरिराम जोशीको सक्रियतामा स्थापित तथा जोशी रिसर्च इन्ष्टिच्यूट, ललितपुरबाट सञ्चालित ‘हरिराम जोशी संस्कृति पुरस्कार’ सक्रिय भाषा–साहित्यका अभियन्ता तथा देश÷विदेशमा समेत ख्याति कमाएका जनमत साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवाललाई तथा ‘कदमकेशरी जोशी सम्मान’ले इतिहासकै खोजी, लेखन र प्रकाशनमा सक्रिय रुपले लाग्दै आउनुभएका सक्रिय इतिहासकार प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको इन्ष्टिच्यूटले जनाएको छ । उक्त पुरस्कार २०८१ वैशाख ४ गते ललितपुरमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । दुवै पुरस्कार रु. २५,०००।– (पच्चीस हजार) नगदसहित प्रदान गरिने आयोजकले जनाएको छ ।
