विद्यार्थीहरुको चौतर्फी विकास सहितको सृजनात्मक शिक्षालाई जोड दिदै अघि बढेको बनेपा नगरपालिका वडा नम्वर १० जनागालमा रहेको नाईटिङ्गेल एकेडेमी माध्यमिक विद्यालयको एसकेजीका विद्यार्थीहरुको दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको ९ औ दिक्षान्त समारोहको अवसर पारी एसईई २०७९ मा उर्तिण विद्यार्थीहरुलाई विदाई समेत गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष रत्नकुश रञ्जितकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै विद्यालयले प्रदान गर्दै आएको शिक्षा व्यवहारिक, बालमैत्री, नैतिक आचरण सहितको रहेको बताउनु भयो । शैक्षिक प्रभावकारीताको वडा अध्यक्ष चन्द्रबहादुर खड्का, वडा अध्यक्ष रामबहादुर कुँवर, विद्यालयका संचालकहरु, विद्यालयका सहायक प्रिन्सिपल, अतिरिक्त कृयाकलाप प्रमुख विक्रम प्रजापति, पुण्यश्वरी मानन्धर र अभिभावकहरुको सहभागिता रहेको थियो । ६१ जना बालबालिकाहरुलाई दिक्षित गरिएको बारेमा जानकारी गराउनु भएको थियो ।
