IMG-LOGO

बस दुर्घटना हुँदा ८ घाईते

 मंगल, चैत १३, २०८०  ---

   काभ्रे । बाँसडोलबाट बनेपा आउँदै गरेको बस बा २ ख ९४५६ नम्बरको आफै अनियन्त्रीत भई दुर्घटना भएको छ । अनियन्त्रित बसले   शिव प्रसाद ज्ञावलीको साढे दुई तल्ला पक्की घरको गेटमा ठक्कर दिदा ८ जना यात्रु घाईते भएका छन् । घाईते हुनेमा बस चालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ बस्ने बर्ष २५ को मिलन सापकोटा ,काभ्रे बनेपा नगरपालिका १२ बासडोल बस्ने बर्ष २२ की सविता थापा, काभ्रे बनेपा नगरपालिका । १२ बस्ने बर्ष ६१ की देवकी राउत ,काभ्रे बनेपा नगरपालिका १२ बस्ने बर्ष ३६ की अनिता कार्की ,काभ्रे बनेपा नगरपालिका १२ बस्ने बर्ष३९ की मिनु कार्की,काभ्रे बनेपा नगरपालिका १२ बस्ने बर्ष ३९ की प्रिया भुजेल, काभ्रे बनेपा नगरपालिका १२ बस्ने बर्ष २४ की रिता भुजेल,निजको छोरी ११ महिना की बिन्दा भुजेल,काभ्रे बनेपा नगरपालिका १२। बस्ने बर्ष ४५ की सुशिला भुजेल,सहचालक सुनकोशि गाउँपालिका ३ बस्ने बर्ष १९ को महेश थापा मगर, भक्तपुर नगरपालिका ८ बस्ने बर्ष २४ की रुबिना राउत, र काभ्रे बनेपा नगरपालिका १२ बस्ने बर्ष ६५ को अचुत प्रसाद वाग्ले रहेका छन् । घाईते सबैको शिर मेमोरियल अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्