IMG-LOGO

तेजगंगा क्याम्पसले ग¥यो मानसिक सचेतना कार्यक्रम

 मंगल, चैत १३, २०८०  ---

   ग्न्ऋ बाट त्तब्ब् प्राप्त तेजगंगा बहुमुखी क्याम्पस पनौतीको आयोजना तथा पनौती नगरपालिका वडा नं ३ र ज्योती मिर्मिरे साकोस पनौतीको समन्वय सहकार्यमा हाल समाजमा भयावह बन्दै गएको मानसिक रोगसँग सम्बन्धित सचेतना कार्यक्रम सम्पन्न गरेको छ । पनौती नगरपालिका १, २ र ३ का महिल स्वाथ्य स्वयमसेविकाहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु एवं बिरामीहरु समेत गरी १२० जना सहाभि रहेको कार्यक्रममा पाटन मानसिक अस्पतालका डाइरेक्टर बरिष्ठ मनोरोग विशेषज्ञ अरन्त अधिकारी एवं मनोपरामर्श विज्ञ सीता भण्डारीद्धारा प्रदान गरिएको सचेतना सम्बन्धि प्रस्तुती अत्यन्तै सान्दर्भिक एवं उपलब्धीमुलक भएको प्रतिक्रिया सहभागीका तर्फबाट सुमन अधिकारी एवं विष्णु प्रसाद सापकोटाद्धारा व्यक्त गरियो । पनौतीक पूर्व नगरप्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीले गर्नुभएको भएको थियो । कार्यक्रममा ज्यौति मिर्मिरे साकोसका कार्यकारी प्रमुख गोपाल दाहालद्धारा स्वागत मन्तव्य राखिएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्