काभे्र जिल्लाको निक्कै पुरानो सामुदायिक विद्यालय मध्ये देशकै नमूना विद्यालयको रुपमा रहेको सञ्जीवनी नमूना माध्यामिक विद्यालयको पक्की अर्को एक नयाँ भवन बन्ने भएको छ । शुक्रबार एक कार्यक्रम बीच धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यञ्जुले भवनको शिल्यानाश गुर्नुभयो । विद्यालय व्यवस्थापन समिति, अध्यक्ष वेदप्रसाद कोजु, व्यवस्थापन समिति शिक्षकहरुको उपस्थिती रहेको थियो । २०८० असोजमा टेण्डर गरिएको आगामी असार मसान्त भित्रमा दुईतले ४ कोठे भवन बन्नेकुरा विद्यालयका लेखापाल श्रीओम व्यञ्जुले बताउनुभयो । संघिय सरकारको सहयोगमा ७४ लाख लागतमा भवन बन्ने कुरा विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकालले बताउनुभयो । प्रमुख अतिथि व्यञ्जुले शैक्षिक धरोहरको रुपमा रहेको सञ्जीवनी स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा निरन्तर लागिरहेको र त्यसको गरीमा जोगाउन थप मिहेनत गर्नुपर्ने उल्लेख गर्नुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं पूर्व प्रधानाध्यापक वेदप्रसाद कोजुले भवन नयाँ बन्नुले मात्र अर्थ नराख्ने विद्यालयको शैक्षिक वातावरण बालमैत्री र शैक्षिक गुणस्तिरीयता कायम राख्न केन्द्र, प्रदेश, स्थानीय सरकार र समुदायहरुको सहकार्यमा सम्भव हुने बताउनुभयो । २००६ सालमा स्थिापित उक्त विद्यालयमा यस अघि ३ वटा भवनहरु बनिसकेका छन् । यो सहित ४ वटा भवन हुनेछ । हाल कक्षा १ देखि १२ कक्षा सम्म करिब १ हजार १ सय ५० विद्यार्थीहरुले अध्ययन गर्छन् ।
