IMG-LOGO

प्रशासन र मालपोत सेवामा कटौती 

 मंगल, बैशाख १४, २०७८  ---

कोरोना भाइरस (कोभिड-१९) को दोश्रो लहर झन बढ्दो रुपमा फैलिएकाले जिल्ला प्रशासन कार्यालय काभ्रे र मालपोत कार्यालय धुलिखेलले सेवाग्रहीलाई प्रवाह गर्ने सेवामा कटौती गरेको छ । जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवामा धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, पनौती नगरपालिकाका सेवाग्राहीलाई आईतबार, मंगलबार र बिहीबार सेवा प्रदान गरिने छ । त्यसैगरी बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीहरुले सोमबार, बुधबार र शुक्रबार सेवा प्राप्त गर्ने छन् । गाउँपालिकाहरुको हकमा भने हरेक दिन सेवा प्राप्त गर्न सक्ने कुरा सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जानकारी दिनुभयो । यसैगरी मालपोत कार्यालय धुलिखेल काभ्रेले बनेपा र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीले आईतबार र बुधबार सेवा प्राप्त गर्न सक्ने छन् । पनौती र मण्डनदेउपुर नगरपालिकाले सोमबार र बिहीबार त्यस्तै गरी धुलिखल र पाँचखाल नगरपालिकाले मंगलबार र शुक्रबार सेवा प्राप्त गर्न सक्ने छन् । गाउँपालिकाको हकमा भने हरेका दिन सेवा प्राप्त गर्न सक्ने छन् । मालपोत कार्यालयको सेवा प्रवाह  बैशाख १५ गते देखि लागु हुने कुरा निमित मालपोत अधिकृत टंकप्रसाद चौलागाइले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्