बडालगाँउ, धुलिखेल –८ बडालगाउँस्थित माझडिही खर्कमा श्रीमात भागवत सप्ताह धनधान्यचल महायज्ञ सञ्चालन हुनेभएको छ । सनातन धर्मको संरक्षण तथा सम्बद्र्धन गर्न, धार्मिक पर्यटन क्षेत्रको बिकास गर्ने उद्देश्यले धार्मिक र ऐतिहाँसिक महत्वको क्षेत्र बहल्टेश्वर परिसरमा मन्दिर निर्माणर्थ श्रीमात् भागवत् महायज्ञ गर्न लागिएको कुरा सप्ताह मुल आयोजक समितिका संयोजक एवं जनचेतना युवा समूहका अध्यक्ष रमेश प्रसाद न्यौपानेले बताउनुभयो । उक्त महायज्ञ २०८० चैत्र १७ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने छ । अनन्तश्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयना आचार्य श्रीजीमहाराज श्री मुक्तिनाथ बाबाको प्रमुख आतिथ्यतामा उद्घाटन हुने महायज्ञ आचार्यश्री विष्णुहरी बडाल, आचार्य सुदर्शन बडाल प्रमुख वाचक हुनुहुन्छ भने उपवाचकमा रामहरी बडालबाट कथाबाचन हुने छ । करीब ९५ लाख लागतमा निर्माण हुने बहल्टेश्वर महादेव मन्दिरको ४० प्रतिशत रकम भने श्रीमत भगवत महायज्ञबाट उठेको आर्थिक सहयोगलाई उपयोग गरिने छ । उक्त महयज्ञबाट ३५ लाख सहयोग संकलन हुने र १० लाख जति खर्च हुने अनुमान गरिएको कुरा कोषाध्यक्ष पार्वती केसीले बताउनु भयो । सो जनसहभागीता स्वरुप श्रीमत जसअन्तरगत निर्माणको लागि धुलिखेल नगरपालिकाले ६० प्रतिशत रकम उपलब्ध गराउने नगरप्रमुख अशोक व्यञ्जुले बचाबद्धता व्यक्त भएको छ । बाँकि नपुग रकम धुलिखेल ८ का अध्यक्ष बिनोद गौतमले आगामी वर्षको बजेटबाट उपलब्ध गराउने बताउनुभएको छ । शनिबार भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि वडा अध्यक्ष बिनोद गौतम, विशिष्ट अतिथिमा नोल पत्रकार महासंघ काभ्रे अध्यक्ष बद्रीराज तिमल्सिना, निबर्तमान अध्यक्ष मोतिराम तिमल्सिना हुनुहुन्थ्यो । मन्दिर निर्माण समिति अध्यक्ष पुरुषोतम बडाल, सञ्चारकर्मीहरुको उपस्थिती रहेको कार्यक्रमको पण्डित अच्युदप्रसाद बडालले बहल्टारेश्वर महादेव मन्दिरको ऐतिहाँसिक पृष्ठभूमिको बारेमा बताउनुभएको थियो । ंजनचेतना युवा समूहका अध्यक्ष रमेश प्रसाद न्यौपानेको संयोजकत्वमा १ सय ८ श्रीमात् भागवत् मुल समारोह समिति गठन गरेको छ । दाता समन्वय समितिको संंयोजकमा कृष्ण बहादुर भुजेल, सचिवालय व्यस्थापन उप–समितिको संंयोजकमा गणेश प्रसाद बडाल, पूजा समिति व्यस्थापन उपसमितिको संंयोजकमा पार्वती केसी, भान्सा व्यस्थापन उपसमितिको संंयोजकमा केशब बडाल, प्रचार प्रसार उपसमितिको व्यस्थापन संंयोजकमा पवन गौतम, अतिथि सत्कार उपसमितिको व्यस्थापन संंयोजकमा पुरुषोतम बडाल, कलश तथा सम्मापत्र उपसमितिको व्यस्थापन संंयोजकमा साधुराम बडाल, सल्लाहकार समिति संयोजकमा उद्धब प्रसाद बडाल, स्वयमसेवक उपसमितिको व्यस्थापन संंयोजकमा सागर सापकोटा र स्वास्थ्य सुरक्षा उपसमितिको व्यस्थापन संंयोजकमा निलम केसी, सामाग्री उपसमितिको व्यस्थापन संंयोजकमा अशोक केसी रहेको बिभिन्न उपसमिति गठन भएको छ ।
