IMG-LOGO

पूर्व प्रधानमन्त्री ओली र नेपाल काभे्रमा

 मंगल, चैत १३, २०८०  ---

      नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल काभे्रको छुट्टा छुट्टै कार्यक्रममा काभे्र आउनु भएको हो । पूर्व प्रधानमन्त्री ओली आदित्य मोक्षधाम अवलोकनमा पनौती नगरपालिका वडा नं ३ र वडा नं १२ को सिमानामा दारीमबोट आउनुभएको हो भने पूर्व प्रधानमन्त्री नेपाल नेकपा एकीकृत समाजवादी) काभे्रको १० औं जिल्ला अधिवेशनबाट निर्वाचितलाई सफथ ग्रहण कार्यक्रममा आउनुभएको हो ।

      नेकपा (एकीकृत समाजवादी) काभ्रेको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण तथा प्रथम पूर्ण वैठक सोमबार बनेपाको पार्टी कार्यालयमा  सम्पन्न भएको छ ।  कार्यालयमा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अधिवेशनबाट निर्वाचित पदाकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी संगठनलाई बलियो बनाउन जनताको मुद्दामा केन्द्रीत हुन आग्रह गर्नुहुँदै मजबुद संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । यही चैत ३ र ४ गते बनेपामा सम्पन्न १० औँ अधिवेशनबाट ५७ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएका थिए । यसअघि २८४ सदस्यीय जिल्ला कमिटी रहेको थियो । जसको अध्यक्षमा बसुन्धरा हुमागाई निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा रघुवर चौ प्रधान र पासाङ ढोल्मु लामा, सचिवमा गोकुल गौतम ,उपसचिवमा हरिगोपाल प्रधानाङ्ग, भेषराज शाही र कृष्ण बहादुर तामाङ निर्वाचित भएको हुनुभएको थियो । सपथग्रहण कार्यक्रममा उपमहासचिव गंगालाल तुलाधर, बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिव बहादुर देउजा, निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, केन्द्रीय सदस्य विदुर सापकोटा, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज टोक बहादुर वाईबा, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सहइन्चार्ज मुकुन्द गौतम लगायतका नेता एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्