IMG-LOGO

मेलम्चीमा बृहत योग शिविर संचालन

 मंगल, चैत ६, २०८०  ---

 

     मेलम्ची नगरपालिकाको आयोजना तथा पतंजलि योग महिला समिति सिन्धुपाल्चोकको समन्वयमा यही चैत्र १ गतेबाट मेलम्चीमा आयोजना गरिएको बृहत योग शिविरको पतंजली योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले उद्घाटन गर्नु भयो । उक्त अवसरमा प्रमुख अतिथि तौजलेले योग अभ्यास शुभारम्भ गर्दै स्वस्थ समाज निर्माणको लागी जन जनमा योग पू¥याउनु पर्ने बताउनु भयो । सभापतीको आसनबाट मेलम्ची नगर प्रमुख आईतमान तामाङ्गले नगरबासीलाई स्वस्थ बनाउन र प्रत्येक वडामा योग अभ्यास संचालन गर्न निर्देशन दिदैँ मेलम्चीमा योग भवन निर्माण गर्ने प्रतिबद्धता जनाउनु भयो ।

   सो कार्यक्रममा पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, पतंजलि योग समिति सिन्धुपाल्चोकका अध्यक्ष कमल कृष्ण अधिकारी, पतंजलि बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, महिला पतंजलि समिति सिन्धुपाल्चोक अध्यक्ष कविता राउतले मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा स्वागत मन्तव्य वडा नं. ११ का वडाध्यक्ष चन्द्र बहादुर तामाङ्गले गर्नुभएको थियो भने कार्यक्रमको उद्घोषण मेलम्ची नगरपालिका कर्मचारी जयराम घोरासाईनीले गर्नु भएको थियो । शो शिविर पश्चात चैत्र ४ गतेदेखी सह–योग शिक्षकको प्रशिक्षण प्रारम्भ हुने भएको छ । यसै बिच बनेपा नगरपालिका वडा नं. ६ स्थित भक्तेश्वर योग साधना केन्द्रको प्रथम वार्षिकत्सवको पतंजलि योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले र कर्पोत मेम्बर उद्धव प्रसाद तिमल्सिनाले संयुक्त रुपमा दिप प्रज्वलित गरी उद्घाटन गर्नु भयो ।

   सो कार्यक्रममा स्वागत मन्तव्य भक्तेश्वर योग साधना केन्द्रका सचिव नविना बञ्जारा वार्षिक प्रतिवेदन सो केन्द्रका संयोजक गंगाराम ठकुरी आय–व्ययको प्रस्तुती कोषाध्यक्ष बाबुकृष्ण पन्तले प्रस्तुत गर्नु भएको कार्यक्रममा पतंजली योग समिति बनेपा नगर संगठन मन्त्री यमुना तिमल्सिना बनेपा नगर संयोजक मनिषा बडाल, माधव प्रसाद श्रेष्ठ, अशोक सिं. महिला पतंजलि अध्यक्ष अनु श्रेष्ठ, पतंजलि काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, कर्पोट मेम्बर उद्धव प्रसाद तिमल्सिना लगायतले मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व भक्तेश्वर योग साधना केन्द्रका संयोजक गंगाराम ठकुरीले गर्नु भएको थियो भने उद्घोषण कोषाध्यक्ष बाबुकृष्ण पन्तले गर्नुभएको कार्यक्रममा सो योग केन्द्रलाई निरन्तर सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम पश्चात् हरि मैनालीलाई सर्व सम्मानबाट योग साधना केन्द्रको सह–संयोजकमा चयन गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्