IMG-LOGO

बालबाटिका विद्यालयको विज्ञान प्रदर्शनी

 मंगल, चैत ६, २०८०  ---

   बालबाटिका विद्यामन्दिर सेकेण्डरी स्कुल बनेपाले विद्यार्थीहरुको शैक्षिक गुणस्तरको स्तर उन्नती गरी उपलब्धी हाँसिल गर्ने उद्देश्यका साथ विद्यार्थीहरुले पाठ्यक्रममा सिकेका विषयवस्तुमा आधारित रहेर विज्ञान प्रदर्शनी कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । छिमेकी संस्थागत विद्यालयका विद्यार्थी, सामुदायिक विद्यालयका विद्यार्थी, विद्यालयका अभिभावकहरुले विद्यार्थीले शिक्षकहरुबाट सिकेका सृजनात्मक क्रियाकलाप व्यबहारमा उतेरेकोमा खुसी व्यक्त गर्दै अवलोकन गरेका थिए । विज्ञान प्रदर्शनीमा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, बनेपा वडा नं ८ अध्यग शुभलक्ष्मी मानन्धर, प्यावसन बागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ, सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति काभे्रका संयोजक रमेश प्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । विद्यालयकी प्रिन्सिपल रजना श्रेष्ठले विज्ञान प्रदर्शनीले विद्यार्थीहरुले पाठ्यक्रमबाट सिकेका कुराबाट व्यवहारिक ज्ञान प्राप्त गर्न सकेको कुरा बताउनुभयो । विद्यालयका निर्देशक रबि श्रेष्ठले विद्यालयले हरेक वर्ष शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, विद्यार्थीहरुको चौतर्फी विकास हुने सृजनात्मक शैक्षिक क्रियाकताप गर्दै आएको बताउनुभयो । कक्षा १० छात्रद्धय क्रिसल श्रेष्ठ र प्रशुन पौडेलले फुड सर्भिसिङ रोवट र डब्लुआरसी कार बनाई त्यसको उपयोगिताको बारेमा अभिभावकहरुलाई प्रष्ट पारेका थिए । उक्त विद्यालयमा प्लेगु्रपदेदि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु ७ सय ५० रहेको विद्यालयले जनाएको छ भने बनेपा नगरमा ४२ वटा संस्थागत विद्यालय रहेका छन् । संस्थागत छिमेकी विद्यालय, सामुदायिक विद्यालयका छात्र छात्रा र अभिभावक गरी ८ सय ५० जनाले विज्ञान प्रदशर्नीमा अवलोकन गरेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्