काभे्र जिल्लाको महाभारत गाउँपालिका २ स्थित मुलडाँडामा आगलागी भएको छ । शनिबार साँझ ६ बजेतिर ४१ वर्षिय सञ्चार (दनुवार) घिसीङको ढुङ्गा माटोको गारो र जस्ताले छाएको घरमा अकास्मात आगलागी भएको काभे्र प्रहरीले जनाएको छ । घर भित्र रहेको लत्ताकपडा, अन्नपात, फर्निचर सामान्, भाँडाकुडा र नगद एक लाख पाँच हजार आगोले जलेर नष्ट भएको छ । आगलागी हुँदा सामान झिक्न जाने क्रममा घिसीङ गम्भीर घाईते भएका छन् र उनको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
