IMG-LOGO

आदर्श बाल विकास केन्द्र विद्यालयको ३६औं वार्षिकोत्सव

 मंगल, चैत ६, २०८०  ---

        बनेपाको आदर्श बालबिकास केन्द्र विद्यालयको ३६ औं वार्षिकेत्सव समारोह विहिबार सम्पन्न भएको छ । बागमती प्रदेशका सांसद कन्चनचन्द्र वादेले सम्बोधन गर्दै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अध्यापन गराउन निक्कै कठिन भएपनि शिक्षकहरु र विद्यालय व्यवस्थापन समितिले मेहनतका साथ शिक्षा दिने कार्य गरेको बताउनुभयो । आदर्श बाल विकास केन्द्र विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि आफू प्रतिवद्ध रहने कुरा सांसद वादेले बताउनुभयो । नगर प्रमुख शन्तिरत्न शाक्यले स्थानीय सरकारले उपलब्ध गराउनुपर्ने सबै खालका सहयोग प्रदान गर्ने बताउनुभयो । नगर उप प्रमुख बिमला सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिर्कत भोला प्रसाद चापागाई, काभे्र बहुमुखी क्याम्पसका अध्यक्ष लम्बोधर कायस्थ , मानव अधिकारकर्मी राजु सरकार, विद्यालयकी प्रधानाध्यापक मैया बैद्य, पूर्व प्रधानाध्यापक मणिराज श्रेष्ठ लगायतले शैक्षिक प्रगतिका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा सहयोग गर्ने जापनिज आकीमी खनाल सम्मानित हुनुभएको थियो । विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम पनि गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्