पाँचखाल प्रहरीले घरेलु मदिरा बनाउने मर्चा नस्ट गरेको छ । आईचरमा १५ बट्टा कार्टुन् भित्र १ हजार २ सय वटा घरेलु मदिरा बनाउने मर्चा चैत २ गते प्रहरीले बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको छ । अरनिको राजमार्ग अनतर्गत पाँचखाल नगरपालिका वडा नं ४ लामिडाँडामा ट्रफिक प्रहरी र प्रहरीको संयुक्त चेकिङ गर्ने क्रममा बा.प्र ०१ –००४ क ५४६ नं को आईचरमा अवैध रुपमा लैजान लागेको मर्चा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । उक्त मर्चा जिल्ला समन्वय समिति काभे्रका सदस्य निर बहादुर लामा, समाजसेवी, बुद्धिजिवीहरुको रहोबरमा नष्ट गरिउको प्रहरीले जनाएको छ ।
