IMG-LOGO

सवारी दुर्घटनामा एकको मृत्यु

 मंगल, चैत ६, २०८०  ---

 

        काभे्रको पनौती आईटिपार्क भएको सवारी सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  बिहिबार दिउँसो पनौतीाट बनेपा तर्फ आउँदै गरेको बा. ८४ प.६८२३ नम्बरको स्कुटरले बनेपा तर्र्फ  आउँदै गरेका बा.३२ प.७०३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा ३ जना घाईते भएका थिए ।  भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ३ का ५७ वर्षिय प्रल्हाद थापा मगरको आज बिहान मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक झापाको कन्चन कबल गाउँपालिका वडा नं ६ का ३५ वर्षिय नरेन्द्र कुमार राजवंशिको घुँडामा चाट लागेको छ । उनको काठमाडौं स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भईरहेको छ । स्कुटर चालक बनेपा नगरपालिका वडा नं ८ का ५७ वर्षिय सुर्यकुमार रंजितकारको बाँया खुट्टामा चो6 लागेको र उनको शिर मेमोरियल अस्पतालमा उपचार भईरहेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्