दोलालघाटमा ग्यास लिग भई आगलागी भएको छ । मकवानपुर घर भई हाल काभे्रपलाञ्चोक भुम्लु गाउँपालिका दोलालघाट बस्ने सुन्दर श्रेष्ठको घरमा डेरा गरी बस्ने निरमाया तामाङको भान्सा कोठामा खाना बनाउने क्रममा ग्यास लिग भई आगलागि भएको हो । आगोलागीमा परि निरमाया सहित अन्य तिन जना घाईते भएका छन् । घाईतेहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । बिहिबार साँझ ६ ः ५५ मा लागेको आगो पाँचखाल नगरपालिकाको दमकल , स्थानीय र प्रहरीको सहयोगमा ७ ः २० मा नियन्त्रणमा आएको थियो । आगलागीबाट दुई वटा कोठा सहित एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको ।
