IMG-LOGO

धुलिखेल  स्वास्थ्य शहर अभियान जहाँ विरामी त्यहाँ सेवा

 मंगल, बैशाख १४, २०७८  -रमेशप्रसाद न्यौपाने

  धुलिखेल नगरपालिका र धुलिखेल अस्पतालको सहकार्यमा स्वास्थ्य शहर अभियानमा नगरपालिका र अस्पताल मिलेर जहाँ विरामी त्यहाँ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ कार्यप्रारम्भ शुरु भएको छ । स्वास्थ्य शहर अभियान कार्यक्रममा बागमती प्रदेशबाट ३० लाख, धुलिखेल नगरपालिकाबाट २० लाख र धुलिखेल अस्पतालबाट २३ लाख खर्च  गरी स्वास्थ्य सेवाको पहुँच घरघरमा पुर्‍याउनका लागि नगरबासिहरुको हेल्थ प्रोफाइल, घरधुरी सर्वेक्षण शुरुगरिएको जन स्वास्थ्य तथा सामुदायिक विभाग धुलिखल अस्पतालका निर्देशक डा. विराज कर्माचार्यले बताउनुभयो । पाइलट प्रोजेक्ट अनतरगत धुलिखेल नगरपालिका वडा नं . ६ का २ सय नागरिकहरुको स्वास्थ्य अवस्था के कस्तो रह्यो । आगामी दिनमा कस्तो रणनीतिक योजना तयार गरी स्वास्थ्य सेवा पुर्‍याउन आवश्यक पर्छ भन्ने तथ्य बुझ्न घरघरमै गई हेल्थ प्रोफाइल तयार गर्न जुटेको अस्पतालका निर्देशक कर्माचार्यले बताउनुभयो । नगरपालिका, धुलिखेल अस्पताल र काठमाण्डौ विश्वविद्यालयको सहकार्यमा नगर भित्र शहरको भित्री क्षेत्र र बाहिरी क्षेत्र दुवैमा पोलुसनको के कस्तो अवस्था छ, नगर बासीका कुन घर कहाँ अवस्थित छन् । त्यसको बस्तुस्थिती दुरीको समेत यकिन हुने गरी जियोम्याक्ट्रीक ( जी.आई. एस्. ) सर्बे समेत गर्ने योजना अघिबढाइएको छ । यो प्रविधिबाट घर घरमै गई तथ्याङ्क संकलन गरे पछि अस्पतलबाट नै कुुन विरामीको कुन घर कहाँ पर्छ त्यसको सहित लेखा जोखा हुने छ । 
    स्वास्थ्य शहर अभियान अन्तरगत हेल्थ प्रोफाइल बनाउने कार्य नेपालमै पहिलो धुलिखेल नगरपालिकाले जनस्वास्थ्य तथा सामुदायिक विभाग धुलिखेल अस्पतालका  निर्देशक डा. विराज कर्माचार्यले बताउनु भयो । स्वास्थ्य शहर अभियान सफल बनाउन नगर बासीहरुको स्वास्थ्य पहुँच पुर्‍याउन, हेल्थ प्रोफाइल, घर  धुरी सर्वेक्षण  रोगको विवरण, पोषणको अवस्था, सुरक्षित मातृत्व, जेष्ठ नागरिकहरुको विवरण सहितको तथ्याङ्क संकलन गरी कार्य अघि बढाएको धुलिखेल नगर पालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले जानकारी दिनुभयो । धुुलिखेल स्वास्थ्य शाखाले स्वास्थ्य शिवीर, नसर्ने रोगहरुको बारेमा समेत सचेतना फैलाउने कार्य निरन्तर गर्दै आएको छ । धुलिखेल नगर भित्रका सामुदायिक विद्यालय भित्र योग शिवीर सञ्चालन गर्न आयुर्वेद सेवा विभागले कार्य थालानी गरी सकेको  छ । धुलिखेल वडा नं १ देवीस्थान मावि, वडा नं. २ को सेतीदेवी मा.वि., वडा नं. ७ को सञ्जीवनी मा.वि. वडा नं. १० को बालज्योती मा.वि., वडा न. ११ को हनुमान मा.वि. छनौट भएका छन् । उक्त विद्यालयका शिक्षकहरुलाई योग प्रशिक्षण दिइने कार्यक्रम छ । आगमी वर्ष देखि नै धुलिखेल नगरपालिकाका सबै सामुदायि विद्यालयका विद्यार्थीहरुलाई योग र ध्यानका कक्षाहरु समेत सञ्चालन हुने छन् । त्यस्तै गरी स्वास्थ्य शिवीर सञ्चालन, नसर्ने रोगहरु मधुमेह, क्यान्सर स्त्रीरोगको बारेमा जनचेतना मुलक कार्य गर्ने, स्वास्थ्य योजना भेला, १२ वटै वडामा स्वास्थ्य स्वयंसेवक समूह गठन गरिने कार्यक्रम तय गरिएको छ । स्थानीय सरकारको गठन भइ सकेपछि धुलिखेल नगरमा भित्र ४ वटा स्वास्थ्य संस्थाको भवन निर्माण गरेको छ । वडा नं. ४ बखुण्डोल स्वास्थ्य संस्था, वडा न. ६ भैरव स्वास्थ्य संस्था वडा नं. ७ हरिसिद्धि स्वास्थ्य संस्था र वडा नं ८ वडालगाउँ स्वास्थ्य संस्था निर्माण भएका छन् । धुलिखेल वडा नं. २ रविओपी स्वास्थ्य चौकी  २ करोड ७० लाखमा निर्माणाधिन भुकम्प पुनःनिर्माण प्राधिकरणबाट बजेट प्राप्त, त्यस्तै गरी वडा नं. १ देवीटार स्वास्थ्य चौकी र वडा नं. ११ को पातलेखेत स्वास्थ्य चौकी स्वास्थ्य मन्त्रालयबाट ४८/४८ लाखको बजेटमा निर्माणाधिन भइरहेको धुलिखेल नगरपालिका स्वास्थ्य शाखा अधिकृत शरद चन्द्र थापाले बताउनुभयो । काभ्रे सरुवारोग अस्पताल शिलान्यास भइसकेको छ । उक्त अस्पताल १५ शैयाको बन्ने छ । १८ करोडको लागत स्टमेट भएको  छ । 
    स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा ८५  लाख  बजेट विनियोजन गरेको छ । टेण्डर आह्वान भइ सकेको छ । नगर बासीमा स्वास्थ्यको गुणस्तरीय पहुँच विस्तार गरी थप प्रभावकारी बनाउन गत बैशाख  ७ गते धुलिखेल नगर पालिका प्रमुख अशोक व्याञ्जु, उपप्रमुख  विमला शर्मा, धुलिखेल स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी र जन स्वास्थ्य तथा सामुदायिक विभाग धुलिखेल अस्पतालका निर्देशक डा. विराज कर्माचार्य वीच सम्झौता भएको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्