IMG-LOGO

प्रज्ञा सदन सेकेण्डरी स्कुलको वार्षिकोत्सव

 मंगल, चैत ६, २०८०  – हरिनाथ न्यौपाने

        शैैक्षिक क्षेत्रमा उत्कृष्ट गन्तव्य बन्न सफल प्रज्ञा सदन सेकेण्डरी स्कुलको वार्षिकोत्सव एवं अभिभावक दिवस शनिबार विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । कागेश्वरी मनोहरा न.पा – ५ थलीमा रहेको विद्यालयको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिक्षाविद् विद्यानाथ कोइरालाले नैतिक, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गरेकोमा प्रज्ञा सदन सेकेण्डरी स्कुल परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रिन्सिपल दिपक राज पौडेलले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कागेश्वरी मनोहरा न.पा वडा नं ५ का वडाध्यक्ष शंकर पाण्डेय, नगर शिक्षा शाखा प्रमुख गोविन्द पौडेल, इसानका अध्यक्ष मदन राज रेग्मी, कागेश्वरी मनोहरा प्याब्सनका अध्यक्ष श्रीराम दाहाल, विभिन्न विद्यालयका प्रिन्सिपलहरु, अभिभावक, शिक्षक – शिक्षिका, कर्मचारीहरु, सामाजिक व्यक्तित्वहरु, विद्यार्थी एवं सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । शिक्षिका द्वय ज्योति काफ्ले र मनिषा श्रेष्ठले आमन्त्रित अतिथी हरुलाई खादा÷मालाले स्वागत गर्नुभयो भने बिद्यालयको गुणस्तरियता बढाउन योगदान गर्नुहुने ब्यक्ति एब सघं संस्थाहरुलाई सम्मान गरिएको थियो ।  शिक्षिका द्वय रञ्जना पौडेल र निराशा दुलालले सन्चालन गर्नुभएको कार्यक्रमको दोश्रो सत्रमा नेपाल आइडल सिजन –३ कि सज्जा चौलागाई र विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम (नृत्य, गायन) मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्