IMG-LOGO

नागरिकता बिक्री गर्ने खरेल पक्राउ

 मंगल, चैत ६, २०८०  ---

        जिल्ला प्रशासन कार्यालय धुलिखेल काभे्रमा झुटा विवरण पेश गरी  नागरिकता लिने व्यक्तिको हस्ताक्षर गर्ने अधिकारी झपेन्द्रराज खरेल पक्राउ परेका छन् । उनी अहिले मेलम्ची नगरपालिकामा प्रशासकीय अधिकृत आठौं तहको रुपमा कार्यरत थिए । सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धा ब्यूरो महाराजगञ्जले अनुशन्धानको क्रममा झपेन्द्रलाई पक्राउ गरेको हो । प्रतिवादी बेल्जीयम नागरिक दावा छिरिङ (नेपाली नाम निमा तामाङ) भएको झुटो विवरण पेश गरी नागरिकता लिइएको प्रहरीले जनाएको छ । नागरिकता नं ३०–०१–७४–११८६८ रहेको जारी मिति २०७९÷९ ÷२० गते रहेको छ । राजु गुरुङले झुटो विवरण पेश गरी नागरिकता र राहदानी लिएको खुलेको छ । नागरिकता नम्बर ३०–०१–७४–१०९७७ को नागरिकता २०७४ मंसिर १३ गते प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले हस्ताक्षर गरेको पुष्टी भएको प्रहरीले जनाएको छ । त्यसैगरी कुलानन्द भण्डारीले पनि भुटो विवरण पेश गरी नागरिकता लिएको खुलेको छ । २०७४ पुष २० गते जारी भएको नागरिकता नम्बर ३०–०१–७४–०८००४ भएको झुटो सावित भएको खुन्ल आएकाले थप अनुशन्धान गर्न नागरिकता जारी गर्ने अधिकारी झपेन्द्रराज खरेललाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्