नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशका सम्पूर्ण वामपन्थी शक्ति एक भई मुलुकको विकास र समृद्धिमा लाग्नुपर्ने धारणा राख्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) काभे्रको १० औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष नेपालले सामाजिक न्याय, समानता कायम गरी समाजवाद निर्माण गरी मुलुकको समग्र विकास गर्नुको किल्प नरहेको उल्लेख गर्दै पार्टी कार्यकर्ताहरु सजक र सर्तक भई नागरिकको सुख दुःखको मित्र बन्ने, शालिन र चरित्रवान भई जिम्मेवारीबाट मुलुकको हितमा कार्य गर्न निर्देशन दिनुभयो । बामपन्थी शक्तिको सरकारले जनताका समस्यालाई सामाधान दिने देशमा उद्यमशिताको विकास गर्ने, बेरोजगारी समस्याको हल गर्ने, उत्पादन बढाउने, आयात घटाउने, निर्यात बढाउने, शिक्षा स्वास्थ्यको गुणस्तरीय विकास, गरी नागरिकहरुलाई प्रभावकारी सेवा प्रदान गर्न कटिवद्ध भई लाग्ने कार्य पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गर्नुपर्ने धारणा अध्यक्ष नेपालले राख्नुभयो । देशमा भ्रष्टाचारको अन्त्य, शान्ति अमन चयन, शुसासन प्रदान गर्ने अभिभारा सरकारको भएकाले सोहि अनुसार कार्य गर्न सरकारलार्य सुझाव दिनुभयो । मुलुकको वृहत्तर हित सामाजिक न्याय, समाजवादी, अर्थतन्त्रको निर्माण, गरिबी, असमानता, पूँजिवादी अर्थतन्त्रको अन्त्य, राजतन्त्रको अन्त् भईसकेपनि प्रतिगामि तत्व र राजावादीहरुको शक्तिलाई निस्तेज पार्न लोकतान्त्रिक शक्ति एक भई जनताको विकासको चाहानालाई पूरा गर्नु पर्ने भनाई पार्टी अध्यक्ष नेपालको रहेकोे थियो । भ्रष्टचारीहरुलाई कानुनी कठाघरामा उभ्याई मुलुकको समृद्धिको यात्राका गन्तव्यलाई पुरा गर्नुपर्ने उहाँको भनाई रहेको छ । पार्टी जिल्ला अध्यक्ष बसुन्धारा हुमागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय पार्टी उपमहासचिव बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधार, बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुषाल, केन्द्रिय अनुशासन आयोग अध्यक्ष शिवबहादुर देउजा, पोलिटब्यूरो सदस्य कृष्ण प्रसाद सापकोटा, केन्द्रियि सदस्य एवं प्रदेश उपाध्यक्ष विदुर सापकोटा, केन्द्रिय सदस्य एवं काभे्र इन्चार्ज टनेकबहादुर वाइवाको आतिथ्यता रहेको थियो । नेकपा एस काठमाडौं अध्यक्ष एलपी श्रेष्ठ, नेकपा माओवादी केन्द्र काभे्र संयोजक भोला अर्याल, राष्ट्रि«य स्वतन्त्र पार्टि काभे्र सभापति प्रविण ढकाल, नेकपा विप्लव काभे्र इन्चार्ज सविता सीं, जनता समाजवादी जसपा काभे्र सभापति बीरबहादुर लामा, नेपाली कांगे्रस काभे्रका नेता रमेश प्रसाद हुमागाई, पार्टीका केन्दिय सदस्य एवं बागमती प्रदेश सचिव लक्ष्मण लमसाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन गोकुल गौतमले गर्नुभएको थियो ।
अध्यक्षमा पूनः बसुन्धरा
नेकपा एकीकृत समाजबादीको १०औं जिल्ला अधिबेशनले बसुनधरा हुमागाइलाई अध्यक्षमा पुन निर्वाचित गरेको छ । उपाध्यक्षमा रघुवर चौ प्रधान र पासाङ ढोल्मु लामा, सचिवमा गोकुल गौतम, उपसचिवमा हरि गोपाल प्रधानाङ्ग, भेषराज शाह र कृष्ण तामाङ निर्वाचित हुनुभएको छ ।
