हिजो नमोबुद्ध नगरपालिका ६ रोशि खाक्से वार्का खोलामा रहेको कासिखण्ड बृहत खानेपानि आयोजनामा काम गर्ने कामदारहरु रोशि गाउँपालिका ८ खार्पा बस्ने बर्ष ४० को अमर कामी, रोशि १० वाल्टिङ बस्ने बर्ष २२ को मनोज थापा मगर र रोशि गाउँपालिका ६ बस्ने बर्ष २६ को कान्छा मान बि.क सँगै पौडि खेल्न गएकोमा पौडि खेल्ने क्रममा रोशि गाउँपालिका ६ बस्ने बर्ष २६ को कान्छा मान बि.कको डुबेर मृत्यु भएको जिल्ला प्रहरी काभ्रेले जनाएको छ । प्रहरी चौकी भकुण्डेबाट खटेको सुनकाजी तामाङको कमाण्डमा खोजी उद्दार गरेको प्रहरीले जनाएको छ ।
