IMG-LOGO

नक्कली नोट छाप्ने बेथानचोकका सबिन पक्राउ

 मंगल, चैत ६, २०८०  ---

               बनेपामा नक्कली नोटसहित एक मोबाइल पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको बनेपामा सञ्चालित एचएम मोबाइल सेन्टरमा नक्कली नोट छाप्दा–छाप्दै बेथानचोक ३ का सबिन हुमागाईंलाई प्रहरीले पक्राउ गरेको हो । हुमागाईंको मोबाइल पसलबाट प्रहरीले ६९ हजार ५ सय रुपैयाँ नक्कली नोटसमेत बरामद गरेको हो । ६९ थान एक हजारको नोट र पाँच सयको एउटा नोट प्रहरीले बरामद गरेको छ । प्रहरीले मोबाइल, आइफोन, ल्यापटप र प्रिन्टरसमेत नियन्त्रणमा लिएको छ । ललितपुरको लगनखेलबाट दुईजना कारोबार गर्दा गर्दै नियन्त्रणमा लिएपछि सोधपुछ गर्दा धापाखेलको प्रहरी र इलाका प्रहरी कार्यालय बनेपाको टोलीले हुमागाईंसहित नक्कली नोट बरामद गरेको हो । हुमागाईंलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको काभ्रे जिल्ला प्रहरी प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्