अन्त्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मोटरसाइकल ¥याली सम्पन्न भएको छ । काठमान्डौंको छाउनी देखि नाला, बनेपा सम्म अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मोटरसाइकल ¥याली कार्यक्रम सम्पन्न भएको हो । नेपाल घरेलु उद्योग महासंघ काभ्रे शाखा, काभ्रे चेम्बरको सहभागिता र बनेपा नगरपालिकाको आर्थिक सहयोगमा ¥याली सम्पन्न भयो । कार्यक्रम संयोजक दुर्गा लक्ष्मी रन्जितकारले महिलाहरूको शसक्तीकरण, महिला समानता, महिला उत्थानको लागि उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो |
