IMG-LOGO

रक्सी सेवन गरी श्रीमानको हत्या

 मंगल, फागुन २९, २०८०  ---

 

    काभे्र प्रहरीले आफ्नै श्रीमानको हत्या गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । नमोबुद्ध नगरपालिका ५ कानपुर बस्ने ५९ वर्षीय धनवीर दमाइलाई लठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ४० वर्षीय कमला परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । कमलाले मादक पदार्थ सेवन गरी लठ्ठी प्रहार गर्दा धनवीरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कानपुरबाट खटिएको टोलिले उनलाई पक्राउ गरेको डिएस्पी श्रेष्ठले जानकारी दिए । यस सम्बन्धमा अनुसन्धानको कार्य भईरहेको उनले जाउका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्