IMG-LOGO

महाभारतमा भिरबाट लडेर एकको मृत्यु

 मंगल, फागुन २९, २०८०  ---

 

    काभ्रेको महाभारत गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाभारत ३ अगे्रटा बस्ने अन्दाजी २८ वर्षीय क्षितिज मोक्तान रहेका छन् । मोक्तान आफन्तको घरमा विवाह सकेर फर्कने क्रममा ठाडे स्थित गोरेटोबाटोबाट अन्दाजी १०० मिटर तल खसि मृत्यु भएको बताइएको छ । स्थानियहरु घाँस काट्न जाने क्रममा देखि चौकिमा खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली घटनास्थल पुगी हेर्दा कुलोमा घोप्टो अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घटनाबारे थप अनुसन्धानको कार्य भईरहेको  छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्