IMG-LOGO

नालन्दा विद्या मन्दिर भक्तपुरको आठौं वार्षिक उत्सव

 मंगल, फागुन २९, २०८०  ---

    नालन्दा विद्या मन्दिर भक्तपुरको आठौं वार्षिक उत्सव, नालन्दा लिटल स्टार तथा साँस्कृतिक कार्यक्रम विद्यालयको प्राङ्गणमा शनिबार सम्पन्न भएको छ । बागमती प्रदेशको  वन तथा वातावरण पूर्वमन्त्री मसिना खड्का भण्डारीको प्रमुख आतिथ्यता एवं विद्यालयका प्रधानाध्यापक बसन्त अर्यालको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री खड्काले शैक्षिक क्षेत्रमा नालन्दा स्कुलले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा अझै रचनात्मक कार्य गर्न आग्रह गर्नुभयो । मध्यपुर ठिमी नगरपालिका वडा नं. २ मा रहेको विद्यालयले छोटो समयमा व्यवहारिक, गुणस्तरीय एवं नैतिक शिक्षा प्रदान गरि शैक्षिक जगतमा लोकप्रिय बनिरहेको छ । कार्यक्रममा प्रदेश सांसद शकुन्तला श्रेष्ठ, शैक्षिक अभियन्ता डा. चिन्तामणी योगी, मध्यपुर ठिमी नगरपालिका वडा नं. २ वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, नगरपालिकाको सामाजिक विकास महासाखा प्रमुख ज्ञानेन्द्र भट्ट लगायत विद्यालय सञ्चालक समिति सदस्यहरु, अभिभावक, शिक्षक शिक्षिका एवं विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त अवसरमा हाँस्य कलाकार मनोज गजुरेललाई सम्मान समेत गरियो । कार्यक्रमको दोश्रो खण्डमा नालन्दा लिटल स्टार प्रतियोगिताको उपाधि प्रदान गरिएको थियो । नालन्दा लिटल स्टारको उपाधि शिशिर लामाले हात पार्नुभयो भने फस्र्ट रनरअप अर्थमा पाण्डे, निश्चल विक्रम थापा र सेकेण्ड रनरअपको उपाधि करुणा कुँवर, स्वयम थामीले प्राप्त गर्न सफल हुनुभएको थियो । चर्चित गायक डिज राज पौडेल लगायत विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरेको विद्यालयका को–अर्डिनेटर हरिकृष्ण उपे्रतिले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्