IMG-LOGO

इन्द्रेश्वर क्याम्पसमा महिला उद्यमशीलता कार्यक्रम

 मंगल, फागुन २९, २०८०  ---

    ११४ औ नारी दिवसको अवसरमा  इन्द्रेश्वर क्याम्पसले समाजमा रहेका घरेलु महिला उद्यमीहरुको व्यवसाय अभिबृद्धि गर्नको लागि १ दिने समुदाय हातेमालो कार्यक्रम ९ऋयmmगलष्तथ  इगतचभबअज एचयनचबm० अन्र्तगत महिला उद्यमशीलता ९ध्यmभल भ्लतचभउचभलभगचकजष्उ एचयनचबm० कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पनौती नगरपालिका वडा नं. ७ स्थित पनौती रेडक्रस भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रशिक्षकको रुपमा इन्द्रेश्वर क्याम्पसका सहायक क्याम्पस प्रमुख जयराम कर्माचार्य र महिला उद्यमी प्रशिक्षक गिता तिमल्सीना दाहाल रहनु भएको थियो । कार्यक्रममा उद्यमीको परिचय, उद्यम कसरी दर्ता गर्ने ? सरकारी निकायबाट के कसरी सहयोग प्राप्त गर्ने, बजार विस्तार, फेसबुक तथा अनलाइन रुपमा प्रचारप्रसार र विक्रि के कसरी गर्ने, लगानी कसरी जुटाउने लगायतका महिला उद्यमीका समस्या र समाधानका विषयमा छलफल गरी कर्यक्रम सम्पन्न भएको छ । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्