नारी जागरण बचत तथा ऋण सहकारी संस्था लि. उग्रचण्डी नालाको रजत महोत्सव हिजो चामुण्डा पार्टी भेन्यू शेरामा सम्पन्न भएको छ । उग्रचण्डी नालाले स्थापनाको २५ औ बसन्त पार गरेको अवसरमा ‘नारी जागरण साकोसको रजत महोत्सव हर्ष, २५ औं उद्यम विकास गर्ने लक्ष्यको वर्ष’ घोषणा गरेको संस्थाकी अध्यक्ष देवकी दाहालले जानकारी दिनुभयो । जागरणका नामबाट सहकारीले जागरण ल्याउन सक्छन भन्ने सन्देश समेत प्रवाह गर्ने उदेश्य रहेको संस्थापक अध्यक्ष निर्मला श्रेष्ठले बताउनुभयो । हालसम्म संस्थाले जागरण लब्सी क्यान्डी लघु पाउँ उद्योग, सजना जागरण टेलर्स, जागरण साप्ताहिक परिवार नियोजन क्लिनिक, जागरण झोल साबुन तथा १६ वटा जागरण कृषक समुह गठन गरी तिनिहरु मार्फत विभिन्न ब्यवसायीक कार्यहरु भईरहेका छन् । सहकारीको महत्वकांक्षी योजनालाई सफल बनाउन नेफ्सकुनका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकाल, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, नारी चेतना केन्द्र नेपालकी अध्यक्ष सिर्जना पौड्याल, बागमती प्रोप्सकुनका अध्यक्ष उद्धवप्रसाद सापकोटा लगायतले प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । उक्त संस्थामा १ हजार ५ सय १८ जना शेयर सदस्य छन् भने ९ सय १८ जना बाल सदस्य छन् ।
