शिवरात्रीको पावन अवसरमा पतंजलि योग समिती काभ्रे, महिला समिती र युवा समितीको संयुक्त आयोजनामा चण्डेश्वरी मन्दिर बनेपाको प्राङ्गनमा १२ घण्टा अनवरत रुपमा गायत्रीमन्त्रका साथ यज्ञहोम सम्पन्न भएको छ । उक्त कार्यक्रमको पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमका संयोजक सुन्दर प्रसाद कारन्जित रहनु भएको थियो भने कार्यक्रममा पतंजली योग समिती बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ लगायत पदाधिकारीहरुको सहभागिता रहेका थियो । कार्यक्रममा धन्यवाद ज्ञापन सहीत सहभागीहरुलाई माला ओढाई पतंजली योग समिती काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले सम्मान गर्नुभएको थियो ।
यसैबिच पतंजलि योग समिती काभ्रेको आयोजनामा मण्डन देउपुर नगरपालिकाको बडा नं. ६ स्थित सिपाघाटमा वृहत योग शिविरको आयोजना गरिएको छ । उक्त शिविरको पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले र वडा नं. ६ का वडाध्यक्ष कुमार ढकालले संयुक्त रुपमा दिप प्रज्वलित गरि उद्घाटन गर्नुभयो । सिपाघाटमा संचालित शिविरको लागी भक्तेश्वर योग साधना केन्द्रका शिक्षक दुर्गा ढकाल र पतंजली योग समिती काभ्रेका नि.वर्तमान अध्यक्ष दमनकुमार श्रेष्ठको विशेष पहलमा संचालन भएको थियो ।
उता दैनिक योग संचालनको लागी स्थानिय राजन डोटेलको संयोजकत्वमा ईन्द्रेश्वर योग साधना केन्द्रको गठन भएको छ । कार्यक्रममा पतंजलि योग समिती काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायष्ठ, संगठनमन्त्री श्यामकुमार श्रेष्ठ, महिला समितीका अध्यक्ष अनु श्रेष्ठ र मन्त्री लक्ष्मी उलकको सहभागिता रहेको ३ दिने शिविर पश्चात् १२ दिने उप–योग शिक्षक प्रशिक्षण शुरु हुने भएको छ ।
