IMG-LOGO

जिल्ला बचत संघ काभ्रेको अवलोकन भ्रमण

 मंगल, फागुन २९, २०८०  ---

 

    आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मध्यपहाडी पुर्वीय जिल्ला र उच्च हिमाली जिल्लामा ५ दिने भ्रमण सम्पन्न भएको छ । जिल्ला बचत संघ काभ्रेले सहकारी क्षेत्रको व्यवसायिक विकास, शुसासन, पारदर्शीता कायम गरी सहकारीहरुको स्थायीत्व गर्ने सवालका पक्षहरुको आदान प्रदानको लागि सुनसरी जिल्लाको बचत तथा ऋण सहकारी संघको अवलोकन भ्रमण समेत गरेको छ । उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु जिल्लाको ३ हजार ७ सय उच्च पहाडबाट हिमश्रृङखलाको समेत अवलोकन गरियो । ओखलढुङ्गा जिल्लामा जन्मेका राष्ट्रका कवि सिद्धिचरणको मुर्ति र ओखलढुङ्गामा भएको क्षेत्र नियाल्ने काम गरियो । खोटाङको हलेसी महादेव स्थान क्षेत्र, भोजपुर, धनकुटा, तेह्रथुम जिल्लाको तीनजुरे लगायत क्षेत्रमा भ्रमण गर्ने काम सम्पन्न भएको छ । बचत संघ काभ्रेका सञ्चालक समिति, लेखासुपरीवेक्षण समिति र सल्लाहकार समितिको १७ जनाको टोलि भ्रमणमा सहभागि रहेको थियो । संघका अध्यक्ष उदयराम कायष्ठ, सल्लाहकारद्धय शुम्भुलाल श्रेष्ठ, इन्द्र प्रसाद अधिकारी हुनुहुन्थ्यो । जिल्ला बचत संघका उपाध्यक्ष एवं भ्रमण संयोजक सागरनाथ कपालीले बचत संघले हरेक वर्ष अवलोकन भ्रमण गर्दै आएको जानकारी दिनुभयो  ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्