“११४ औ अन्तराष्ट्रिय महिला (नारी) दिवसको’’ अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गत बिभिन्न प्रहरी युनिटहरुमा कार्यरत महिला प्रहरी अधिकृत तथा जवानहरुलाई कार्यालयको सभाहलमा भेला सम्पन्न ग¥यो । काभ्रे जिल्लाको धुलिखेल अस्पतालका न्थलभअययिनष्कत डा.सुमिष्टि शाक्य र डा. अन्जली चौरसियाले महिलाको स्वास्थ्यमा ध्यानदिनुपर्ने महत्वपुर्ण ःभलकतचगलब ज्थनष्भलभ, च्भउचयमगअतष्खभ ज्भबतिज गर्भवती जाँच महिला सम्बन्धि क्यान्सरको बारेमा ध्यानदिनुपर्ने बिषयमा प्रस्तुतिकरण गर्नुभयो । कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काले लैंगिक हिंसाको अनुसन्धान, रोकथाम तथा नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने, आफुमाथि कुनै दुव्र्यवहार हिंसा भएमा समयमा जानकारी गराउने लगाएतको निर्देशन दिनुका साथै महिला बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक उमा केसीले नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका नेपाल प्रहरीबाट जारी गरेको लैंगिक नीति २०६९ र काभ्रे जिल्लामा लैगिक हिंसाको अवस्थाको बिषयमा प्रस्तुतिकरण गर्नुभयो । जिल्लामा कार्यरत गर्भवती महिला प्रहरी कर्मचारीलाई कार्यालय प्रमुख द्धारा दहि चिउरा खुवाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।
