IMG-LOGO

ज्ञानज्योती ईङलिस स्कुलको २३ औं अभिभावक दिवस

 मंगल, फागुन २९, २०८०  ---

 

    ज्ञानज्याती ईङलिस सेकेण्डरी  स्कुलको २३ औं अभिभावक दिवस शैक्षिक सत्र २०७९ मा एसईई उत्तिर्ण विद्यार्थीहरुलाई विदाई तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याबसन) का केन्द्रिय उप –महासचिव भिमसेन केसीले गर्नुभएको थियो ।

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिपककर्मी मानन्धरले ६ जनाबाट सुरु भएको शैक्षिक संस्था २०८० सम्म ५ सय विद्यार्थीले अध्ययन गरिरहेको बताउनुभयो । विद्यालयले वार्षिक ३ पटक विषयगत शैक्षिक प्रदर्शनी, परिक्षा, अतिरिक्त कक्षा, काठमाण्डौं विश्वविद्यालयको म्युजिक डिपार्टमेन्टसँग सम्झौता गरिएको जनाउनुभयो । विद्यालयबाट २०८० सम्म १ सय ५० जनाले एसईई उत्तिर्ण गरिसकेका  र विभिन्न संघ संस्था तथा सरकारी सेवामा कार्यरत रहेको जनाइएको छ ।

    कार्यक्रमका सभापति तथा विद्यालयका प्रबन्ध निर्देशक शरण मानन्धरले ज्ञानज्याति शैक्षिक गुठी मार्फत सञ्चालन गरिएको विद्यालय  शैक्षिक गुणस्तर वृद्धिमा लगेको बताउनुभयो । विद्यालयले वर्षमा १२ बराबरको छात्रवृत्ति प्रदान गरिएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा बनेपा नगरपालिका वडा नं ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, प्याब्सनका जिल्ला अध्यक्ष श्याम बहादु भुजेल र प्याबसनका पदाधिकारीहरुले शुभकामना मन्तब्य दिनुभएको थियो । अभिभावकको तर्फबाट राधाकृष्ण श्रेष्ठ, विद्यार्थीको तर्फबाट कक्षा १० की छात्रा नविना मानन्धरले मन्तव्य राखेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्