व्यवहारीक शिक्षालाई नै मुल मन्त्र बनाई विद्यार्थीहरुलाई शिक्षण सिकाई गर्दै आएको बेलर इन्टरनेश्नल एकेडेमीको बिहिबारबाट सुरु भएको अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम आईतबार सम्पन्न भएको छ । पहिलो दिनको कार्यक्रमको उद्घाटन प्लाइउड उत्पादन महासंघका अध्यक्ष होमप्रसाद घिमिरेले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले संस्थागत विद्यालयहरुले विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिई विद्यार्थी केन्द्रित शिक्षा प्रदान गरेको बताउनुभयो । विद्यालयकी प्रिन्सिपल इन्दु थापाले बेलर इन्टरनेश्नल एकेडेमी स्कुलले विद्यार्थीहरुको चौतर्फी विकास सहितको सृजनात्मक शिक्षा प्रदान गरेको बताउनुभयो । नेपाल पत्रकार महासंघ काभे्रका अध्यक्ष बद्रीराज तिमल्सिना, सामुदायिक रेडियो प्रसारक संघ काभे्र संयोजक रमेश प्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम सहित आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयका अध्यक्ष भोला थापाले बेलर इन्टरनेश्नल स्कुलले अभिभावक र विद्यार्थीहरुको मनोभावना अनुसार शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउँदै व्यवहारिक शिक्षा प्रदानमा जोड दिएको बताउनुभयो । आजका बालबालिका नै देश विकासका संवाहक भएकाले मुलुकको हितका लागि प्रयोग गर्न सकिने हुँदा विदेश पठाउन जरुरी नभएको तर्क विद्यालयका अध्यक्ष थापाले गर्नुभयो । युरोप, अमेरिका, अष्ट्रेलिया जस्ता देशका शैक्षिक संस्थाको जस्तै सक्षम जनशक्ति उत्पादन गर्न नेपालकै शैक्षिक संस्था सवल भएकाले अध्ययन गराउन विदेश पठाउन जरुरी नभएको विद्यालयका अध्यक्ष भोला थापाले भनाई राख्नुभयो । कार्यक्रमको दोश्रो दिन बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल र तेस्रो दिन बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य प्मुख अतिथिका रुपमा हुनुहुन्थ्यो । बेलरमा रहेर योगदान पु¥याएका शिक्षक शिक्षिका, कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
