सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौति ४ टौखाल, धुलिखेल सेवाकेन्द्र तथा नेपाल लेखापढी कानुन व्यावसायिक एसोसिएसन को संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाइटी बनेपा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम धुलिखेल मालपोत कार्यालय अघि रहेको नेपाल लेखापढी कानुन व्यावसायिक एसोसिएसनको प्रतिक्षालयमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको उद्घाटन मालपोत अधिकृत श्री जितेन्द्र लाल श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा २७ जना रक्तदाताहरुले रक्तदान गरी जीवनदान गर्नुभएको थियो । रक्तदाताहरुलाई संस्थाको तर्फबाट स–धन्यवाद सहित प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।
