IMG-LOGO

पारिवारिक कलह, बढ्दो सम्बन्ध विच्छेद मुद्दाले समाजमा विग्रह निम्त्याउँदै

 मंगल, फागुन २९, २०८०       रमेश प्रसाद न्यौपाने

 

    परिवार भित्र वैमनस्यता, कलहको कारण सम्बन्ध विच्छेद मुद्दा बढ्दो क्रममा रहेको छ । देशमा रोजगार नहुनु, वैदेशिक रोजगारका लागि विदेशिने वाध्यता हुनु, आर्थिक अभाव, पारिवारिक कलह जस्ता कारणले गर्दा श्रीमान् श्रीमती बीचको सम्बन्ध  बिच्छेदको मुद्दा दिनप्रतिदिन बढ्दै गएको छ । काभे्रपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा आव ०७९÷०८० मा नयाँ सम्बन्ध विच्छेद मुद्दा दर्ता ५ सय ६ र गत वर्ष जिम्मेवारीमा सरि आएको मुद्दा गरि ६ सय ५९ मुद्दा रहेको कुरा अदालतकी अधिकृत एवं  सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिनुभयो । ५ सय ३८ मुद्दा फर्छयौट भएको र १ सय २१ मुद्दा फैसला हुन बाँकी रहेको जनाइएको छ । त्यस्तै गरी आ.व ०८० ÷०८१को फागुण २० गते भित्र श्रीमान् श्रीमती बीचको सम्बन्ध बिच्छेदको ३ सय १ नयाँ मुद्दा अदालतमा दर्ता भएका छन् । जिम्मेवारीमा सरि आएको १ सय २१ गरी जम्मा ४ सय २२ मुद्दामा २ सय ९१ सम्बन्ध बिच्छेद मुद्दा फर्छयौट भएको अदालतले जनाएको छ । कुल मुद्धामा १ सय ३१ जना मुद्दा भने फैसला हुन बाँकी रहेको छ । गत वर्षको तुलनामा आ.व ०८०÷०८१ मा सम्बन्ध विच्छेदको मुद्दा संख्यात्मक रुपमा बढ्दो क्रममा देखिन्छ ।

    जिल्ला अदालत काभे्र धुलिखेलका उपसचिव तथा श्रेस्तेदार कर्णबहादुर राईलाई गत वर्षको तुलनामा यस वर्ष श्रीमान् श्रीमती बीचको सम्बन्ध बिच्छेदको मुद्दा दर्ता बढ्दो क्रममा छ किन ? भन्ने सन्दर्भमा उहाँले यस्तो प्रतिक्रिया दिनुभयो । एक त कानुनी अधिकारलाई प्रयोग गरेको हो भनेर भन्न सकिन्छ । परिवारिक कलह, वैमनस्यता, श्रीमन् बेरोजगार भई वैदेशिक रोजगारमा जानु, उतै आफूखुसी अन्यत्र लाग्नु, त्यस्तै श्रीमती पनि वैदेशिक रोजगारमा जानु, आफ्नो मनोमानी गर्नु, लगायतका कारणले पनि सम्बन्ध विच्छेदका मुद्दा वृद्धि भएको देखिन्छ । अंश दावी बेगरको सम्बन्ध बिच्छेद मुद्दा श्रीमतीले राजी खुसीले गरेको मुद्दा चाँडो फैसला हुने , जुन दिन मुद्दा दर्ता ग¥यो सोहि दिन पनि मुद्दा टुङ्गिने कुरा श्रेस्तेदार राईले उल्लेख गर्नुभयो ।

    श्रीमान् श्रीमती दुवैबीच राजी छैन भने सो मुद्दा १ वर्ष वितेछि मात्र  फैसला गर्ने कानुनी व्यवस्था छ भन्नु भयो । महिलाले विवाह गरेको केटा पुरुष भएको जिल्ला बाट नै मुद्दा दर्ता गर्नु पर्ने कानुनी मान्यता छ । त्यस्तै गरी २०८० माघ महिना सम्ममा सरकारवादी देवानी मुद्दा ६ सय २१ मा ४५ प्रतिशत, सरकारवादी फौजदारी  १ सय १४ मा ३८ प्रतिशत, दुनीयावादी फौजदारीमा कुल मुद्दा १ सय २९ मा ३२ दशमलव ४१ प्रतिशत,  त्यस्तै फौजदारीमा ३ सय १३ मा ३४ प्रतिशत मुद्दा फछर्यौट गरेको अदालतले जनाएको छ । दुनीयावादी पुनरावेदन तर्फ कुल ७ मा ७० प्रतिशत सरकरवादी फौजदारीमा पुनरआवेदन तर्फ ३ मा सतप्रतिसत मुद्दा फैसला गरेको जनाएको छ । कुल मुद्दामा ४० प्रतिसत मुद्दा फर्छयौट भएको छ । बन्दी प्रतक्षीकरण १, निषेधज्ञा ८ मा ४७ प्रतिशत मुद्दा फछर्यौट भएको छ । त्यस्तै नयाँ मुद्दा दर्ता भएका मध्ये दुनीयावादी तर्फ २ सय ५८ , देवानी २ सय ५८, सरकारवादी १ सय १ मुद्दा फैसला गरेको अदालतले जनाएको छ । २०८० माघ सम्ममा जिल्ला  न्यायाधिशहरु क्रमसः राजेन्द्र नेपालबाट ३ सय ९३, विश्वनाथ भट्टराई २ सय ३४ , शिवकुमार पोखरेलबाट १ सय ३४, मोहनराज भट्टराईबाट ६६ र रिताकुमारी बखे्रलबाट १ सय २३ गरी जम्मा ५ सय ९० मुद्दाहरु फछर्यौट गरेको जिल्ला अदालत काभे्रले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्