IMG-LOGO

बनेपा वडा नं. ९ लाई चौथो मेयर कपको उपाधि

 मंगल, फागुन २९, २०८०  ---

 

        बनेपा नगरपालिकाको आयोजनामा संचालित चौथो मेयर कप अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८० को उपाधि बनेपा नगरपालिका वडा नं. ९ ले हात पारेको छ । नेपाल बनेपा बहुप्राविधिक शिक्षालयको खेल मैदानमा भएको फाईनल खेलमा बनेपा वडा नं. ८ लाई २–१ गोलको अन्तरले पराजित गर्दै वडा नं. ९ ले उपाधि हात पारेको हो । उपाधिसँगै वडा नं. ९ ले नगद १ लाख , सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. ८ ले नगद ५० हजार, सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । विजेता, उपविजेता लगायत पुरस्कृत खेलाडीलाई नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल , प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । बनेपा वडा नम्बर ८ को संयोजनमा फाल्गुण १८ गतेदेखि मेयर कप सुरु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्