IMG-LOGO

राष्ट्रिय कोटीहोममा पूर्व राजाको आगमन

 सोम, फागुन २८, २०८०  ---

 

        पूर्वराजा ज्ञानेन्द्र शाहले पनौतीको लड्केश्वरमा जारी राष्ट्रिय कोटिहोममा हिजो पूजाअर्चना गर्नूृभएको छ । पत्नि, छोरी सहित मन्दिरमा पुग्नुभएका शाहले करिब १ घण्टा वैदिक मन्त्रद्धारा पूजाअर्चना, चरु हवन गर्नुभयो । ओमकार फाउण्डेशनको आयोजनामा सन्चालित कोटिहोममा आउनुभएका पूर्व राजपरिवार हेर्न भक्तालुहरुको बाक्लो भिड रहेको थियो । उनीहरुले राजा आउ, देश बचाउ जस्ता नाराहरु पनि लगाएका थिए । पण्डित माधव भट्टराई र कोटिहोम संकल्पकर्ता मुकुन्द शर्मा हुमाँगाइले शाहलाई राष्ट्रिय कोटिहोममा पूजा गराएको प्रचार प्रसार उप समितिका संयोजक सागर आचार्यले जानकारी दिनुभयो । राष्ट्रिय कोटिहोम यहि चैत्र २ गतेसम्म रहनेछ भने चैत्र ३ गते पूर्णावति र चैत्र ७ गते चतुर्थी गरेर प्रसाद वितरण गरीनेछ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्