सञ्जीवनी कलेज धुलिखेलले कलेजमा अध्ययनरत विद्यार्थीहरु र शिक्षकहरु सहित आन्तरिक पर्यटन प्रर्वद्धनका लागि एक दिने पदयात्रा शनिबार सम्पन्न गरेको छ । धुलिखेल देखि बेथानचोक नारायणस्थान पदयात्रा कार्यक्रममा व्याचलर डिग्रि अध्ययनरत विद्यार्थी, क्याम्पस प्रमुख हरिचन्द्र श्रेष्ठ, सहायक क्याम्पस प्रमुख पुजन योगल र शिक्षक टिमहरुको भ्रमणमा सहभागीता रहेको थियो । कलेजका लेखापाल कृष्णराम देवजुका अनुसार हरेक वर्ष कलेजबाट विद्यार्थीहरुलाई पदयात्रामा सहभागी गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको बताउनुभयो ।
