विश्वासिलो भरपर्दो इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि. बनेपा, शाखा सर्वोत्कृष्ट भएको छ । देशभरीकै शाखा मध्ये माघ महिनामा विमा शुल्क सबैभन्दा वेसी संकलन गरेर उत्कृष्ट हुन सफल भएको हो । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बनेपा शाखाका प्रमुख राजेश लुईटेलका अनुसार बनेपामा २३ हजार विमित रहेका छन् । जीवन अमुल्य भएकाले जीवनको सुरक्षा भविष्यको लागि जीवन बीमा आवश्यक भएको बताउनुभयो । बनेपा शाखा सर्वोत्कृष्ट हुन सफल भएकोमा वीमा अधिकर्ताहरु र एजेन्सी मेनेजरहरुलाई शनिवार बनेपा ६ गोसाईकुण्डमा वृहत वनभोज कार्यक्रम आयोजना गरेको गरेको कुरा लेखापाल रेशम खत्रीले बताउनुभयो । सामुदायिक रेडियो प्रसारक संघ काभे्र संयोजक रमेश प्रसाद न्यौपानेको आतिथ्यता रहेको कार्यक्रममा ५५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । माघ महिनामा ७५ वटा बीमा पोलिसी र ४८ लाद ९१ हजार ३ सय बीमा शुल्क संकलन गरेर केपीआई इण्डीकेटरमा बनेपा शाखा देशकै पहिलो बन्न सफल भएको हो । देश भर १ सय ७८ वटा शाखा रहेको बीमा कम्पनीको ३० लाख भन्दा बढी बिमित रहेका छन् । जीवन सहारा, सुनौलो भविष्य , सर्वाधिक जीवन बीमा र जीवन समृद्धि जस्ता जीवन बीमा सञ्चालनमा छन् ।
