बनेपा । नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोक शाखाको २२ औं जिल्ला प्रतिनिधी सभा शनिबार बनेपा स्थित अरनिको सभा भवनमा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोकका सदस्यहरुको उपस्थितीमा प्रतिनिधी सभा सम्पन्न गरिएको हो । प्रतिनिधी सभामा उपस्थित शिक्षकहरु सबैको गुनासो एउटै थियो सरकारले शिक्षकलाई तल्लो दर्जाको राष्ट्र सेवकको रुपमा हेरेको गुनासो गरे । शिक्षा ऐन संसदमा बिचाराधिन अबस्थामा रहेको भन्दै शिक्षा ऐनमा उल्लेख गरिएका बुँदाहरु सच्चिएर नआए सम्म शिक्षकहरुलाई समस्या नहुने बताए । शिक्षकहरुले शिक्षा ऐनको बिषयमा देशभरनै बिरोध गरिरहेको समयमा सरकारी तवरबाट शिक्षा ऐनको खाका हुबहु रुपमा ल्याउन लागिएको प्रति आपत्ति ब्यक्त गरेका हुन् ।
२०२८ सालमा जारी राष्ट्रिय शिक्षा ऐन, २०२८ ले विद्यालय शिक्षालाई मात्र सम्बोधन गर्दा पनि राष्ट्रिय शिक्षा ऐन, २०२८– बाट गरिएको थियो । राष्ट्रिय शिक्षा ऐन, २०२८ कार्यान्वयनमा सक्रिय राजतन्त्रबाट जारी भएको ऐन संवैधानिक प्रजातन्त्र, लोकतन्त्र हुँदै पूर्ण संघीय गणतन्त्रमा प्रवेश हुँदा पनि संवैधानिक मर्मअअनुरूप गणतान्त्रिक शासन अनुसारको विद्यालय शिक्षा ऐन जारी हुन नसकेको अबस्थामा शिक्षा बिधेयकको बिषयमा दफावार छलफल हुनुपर्नेमा छलफल हुन नसक्दा समस्या सिर्जना भएको बताइएको छ । नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष सुन्दर पन्तले सरकार अपराधी भएको आरोप लगाएका छन् । उनले शिक्षकको यावत समस्या यथावतै राखेर शिक्षकलाई नोकर सरहको ब्यबहार गरिरहेको आरोप लगाए । २०५२ सालदेखी माओवादीको सशस्त्र द्वन्द्व सुरुआत सँगै शिक्षकहरु अनेकन रुपमा प्रताडित हुँदै आएको बताउँदै उनले शिक्षकलाई हेर्ने नजर जुनै सरकार आएपनि एउटै भएको आरोप लगाए ।
कार्यक्रममा नेपाल शिक्षक संघका बागमती प्रदेश महासचिब राजेशराज महतले शिक्षकका संघसंगठनको ढिलासुस्तिले गर्दा शिक्षकहरु र सामुदायिक विद्यालय शिक्षा धरापमा पर्न लागेको बताए । कार्यक्रममा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका कार्यबाहक सभापति ठाकुर प्रसाद न्यौपाने, उपसभापति रमेश प्रसाद हुमागाई, नोपाली काँग्रेस पुर्व जिल्ला उपसभापति अच्युत पौडेल, नेपाली काँग्रेस क्षेत्र नंम्बर १ सभापति एंव रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, विद्यालय ब्यबस्थापन केन्द्रिय अध्यक्ष एंव नेपाली काँग्रेस जिल्ला सचिब गुणराज मुक्तान,सचिब माधब ढकाल सामुदायिक विद्यालय र शिक्षको हक हितमा आफुहरु सदैब लाग्ने बताए । जिल्ला प्रतिनिधी परिषद् नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष शम्भुप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उनले जिल्लाको समग्र शिक्षा क्षेत्रको विकास र सामुदायिक विद्यालयको शिक्षा र शिक्षकको समस्यामा सधै सहजिकरणमा लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा अध्यक्ष, सचिब र अर्थसचिबको प्रतिबेदन सर्बसम्मत पास गरिएको थियो । प्रतिनिधी सभाको कार्यक्रम सचिब दिलकुमार मोक्तानले संचालन गरेका थिए । नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोकले १३ वटै स्थानिय प्रतिनिधी सभा सक्काएर जिल्ला प्रतिनिधी सभा आयोजना गरेको थियो । प्रतिनिधी सभा मार्फत जिल्ला उपाध्यक्ष रुपा थापाको संयोजकत्वमा ३९ सदस्यिय महिला विभाग र उपाध्यक्ष प्रेमकृष्ण श्रेष्ठको संयोजकत्वमा सेवा निवृत्त शिक्षक विभाग गठन गरिएको थियो । कार्यक्रममा सबै सदस्यहरु साथै स्थानिय पालिका अध्यक्षहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा एडभान्स कम्प्युटर बनेपाका प्रोपाइटर शेखर दुलाल लाई संघलाई कम्प्युटर साथै कार्यक्रम बिबिध रुपमा सहयोग गरे बापत सम्मान गरिएको थियो । हाल नेपाल शिक्षक संघका १४ सय शिक्षक तथा विद्यालय कर्मचारीहरु आबद्ध रहेका छन् ।
