चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत बचत तथा बजार प्रबद्र्धन बिभाग तथा समुह बचत उप समितिको संयोजकत्वमा बनेपा वडा नं. ०६, राम मन्दीर क्षेत्रलाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारित कार्यक्रम सम्पन्न गरियो । सदस्य लाई संस्थाको बर्तमान बित्तिय अवस्थाको जानकारी तथा सेवा सुबिधाको जानकारी दिने उदेश्यका साथ संचालित सो कार्यक्रममा संस्थाका संचालक सदस्य तथा उप समिति संयोजक सुरेन्द्र प्रजापती, समुह बचत उप समिति सदस्य सुरज प्रजापती, कृष्णेश्वरी बैद्य, मंगलमाया मानन्धर, नाला सेवाकेन्द्र व्यवस्थापन सदस्य गोपाल श्रेष्ठ बचत बिभाग प्रमुख सत्यनारायण श्रेष्ठ, तथा कर्मचारी मिरा कुटुवाजु र पुष्पाञ्जली प्रजापतीको उपस्थीती रहेको थियो । कार्यक्रमबाट ४५ जना लाभान्वीत भएको कुरा प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहालले बताउनु भयो । कार्यक्रम पश्चात संस्थाको बारेमा तथा संस्थाले प्रदान गर्दै आएका बचत तथा ऋण सेवा सुबिधा, योगदानमा आधारीत राहत योजना, मोबाईल बैकिङ्क, एटीएम सेवा, जेष्ठ सदस्य सम्मान तथा तिर्थातन भ्रमण, निःशुल्क शिपमुलक तालिम, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
