IMG-LOGO

फोनिज काभे्रको ७ दिने अल्टिमेटम

 मंगल, फागुन २२, २०८०  ---

    नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनालाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेले सात दिने अल्टिमेटम पत्र बुझाएको छ ।  

     “सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर” भन्ने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको देशैभर आन्दोलनको सर्कुलर कार्यक्रम अन्तर्गत गत मंगलबार जिल्ला अध्यक्षलाई जिल्ला मार्फत केन्द्रलाई स्मरणपत्र बुझाइएको हो । तथ्य र प्रमाणको आधारमा नेपाल पत्रकार महासंघ तत्कालिन नेपाल पत्रकार संघ को संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा सम्पुर्ण समितिबाट माग गरिएको थियो । तर, गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार नभएकोले महासंघको नीतिविरुद्ध फोनिज निर्णयक आन्दोलनको चरणमा पुगेको स्मरणपत्रमा उल्लेख गरिएको छ ।

     ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम नभए महासंघको केन्द्रिय कार्यालय सहित देशैभरका कार्यालयहरुमा तालाबन्दी गरिने फोनिजले निर्णय गरेको छ । पत्र बुझ्दै नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले तत्काल फोनिजको स्मरणपत्रलाइ केन्द्रीय कार्यालयमा यथाशीघ्र पठाउने बताउनुभयो । फोनिज काभ्रे अध्यक्ष इन्द्र बहादुर थापा, फोनिज बागमती प्रदेश ईन्चार्ज पेमा लामा लगायत फोनिजकमीहरुले पत्रकार महासंघ काभे्रलाई अल्टिमेटम बुझाएका हुन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्