सामुदायिक विद्यालय मध्यकै शैक्ष्कि गुणस्तिरीयमा अब्बलता कायमको चर्चा कमाएको बिनायक बाल आधरूुत विद्यालय धुलिखेल नगरपालिका – ८ ले रजत जयन्ती मनाउन मुल समारोह समिति गठन गर्न बोलाइएको भेला, २५ औ रजत जयन्ती साथै ७ वटा उपसमिति घोषणा गरि भेला सम्पन्न भयो । कार्यक्रममा सरस्वती माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष साधुराम बडाल, सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति काभे्र संयोजक रमेश प्रसाद न्यौपाने, समाजसेवी विष्णु बहादुर मिजार, सरस्वती मा.विका प्राध्यापक रमेश बडाल, शिक्षक उद्धव प्रसाद बडाल, विद्यालयका शिक्षक, अभिभावक, लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन श्याम मिजारले गर्नुभएको थियो । विद्यालयको जन्म ज्यन्ती चैत्र १५ र १६ गते मनाउने भएको छ ।
मुल समारोह समिति अध्यक्ष चोला बहादुर गौतम,आर्थिक संकलन समिति संयोजकमा सन्तोष गौतम, स्मारिका प्रकाशन समिति संयोजकमा नानिराम धिताल, प्रचार प्रसार समिति संयोजकमा रमेश प्रसाद न्यौपाने, मन्च व्यवस्थापन समितिका संयोजकमा, सन्तोष मिजार, खाजा व्यवस्थापन समितिका संयोजकमा बिष्णु प्रसाद बडाल, सास्कृतिक कार्यक्रमको समिति संयोजकमा सुसिला बजगाईं, शैक्षिक मेलाको व्यवस्थापन समितिको संयोजनमा मोहन गौतम, अतिथि सत्कार तथा सम्मान समितिका संयोजकमा चोला बहादुर गौतम साथै सल्लाहकार समितिमा गठन गरेको छ । रजत जयन्ती सफल गन एक सय एक जनाको समिति बनेको कुरा सहायक प्रधानाध्यापक नानीराम धितालले बताउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक नमराज तिमल्सिनाले जन्मजयन्ति मनाउनुको औचित्यको बारेमा प्रकाश पार्नुभएको थयो ।
