IMG-LOGO

पिपुल्स साकोसको १८ औं संस्था स्थापना दिवसमा विविध कार्यक्रम

 मंगल, फागुन २२, २०८०  ---

     यस पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि.काभ्रेपलाञ्चोकको १८औं स्थापना दिवस कार्यक्रम संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षता, बनेपा नगरपालिका वडा नं. ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यता तथा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी सघं लि. का उपाध्यक्ष सागर नाथ कपालीको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा स्वगत मन्तव्य संस्थाका अध्यक्ष निरन शाक्यले राख्नु भयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख आतिथि शुभलक्ष्मी मानन्धरले सरकारी तवरबाट प्रदान गर्नु पर्ने सुविधा संस्थाले दिएर राम्रो काम गरिहेको साथै मोबाईल बैंकिङ् सेवा प्रयोग सम्बन्धि आवश्यक जानकारी गराउनलाई जोड दिनु भएको थियो । कार्यक्रममा आर्दश आर्थिक विकास साकोसका प्रबन्धक भरत तिमल्सिना, संस्थाका सदस्य नकुल के.सी., प्रमुख सल्लाहकार नवराज के. सी. र विशिष्ट अतिथि सागर नाथ कपाली लगायतले सहकारीका बारेमा बोल्दै १८औं संस्था स्थापना दिवसको शुभकामना दिनुभएको थियो । कार्यक्रममा धन्यबाद ज्ञापन सहित सभा समापन लेखा समिति सदस्य ऋषिराम गौतमले र कार्यक्रम सञ्चालन सचिव देवेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

     सहकारी संस्थाको सम्बन्ध वातावरणसंग पनि स्थापित गराउनु पर्दछ भन्ने कुरालाई कार्य रुपमा प्रर्दशन गर्नका लागि कार्यक्षेत्र भित्र भएका सार्वजनिक स्थान, मठ मन्दिर, संस्कृती एवं सम्पदा संरक्षणमा संस्थाको उपस्थितीको लागि र सहयोगी भूमिका खेल्ने हेतुले वार्षिक योजना अनुसार संस्थाको कार्यक्षेत्रका कम्तीमा १ ओटा मठमन्दिर सरसफाई गर्न स्थानीय क्लव, सम्वन्धित सामाजीक संस्थाहरु सँग समन्वय गरी कार्यक्रम सम्पन्न गर्ने लक्ष्य अनुरुप २०८० फागुन १९ गते, शनिबार, बिहान ७ः३० बजे देखि ९ः३० बजे सम्म संस्थाकोे प्राड्डण वरपर देखि तीनदोबाटो चोक भित्र करुणा मार्ग, लक्ष्यश्वर मार्ग, लक्ष्यश्वर महादेव मन्दिर हुँदै तलापुखु पोखरी र गणेश मन्दिर सम्म सरसफाई गर्दै सम्पन्न गरियो, खुल्ला रक्तदान, सहकारी शिक्षा समवेदना सहयोग कार्यक्रम गर्दै आएको कुरा संस्थाका प्रबन्धक नवराज सापकोटाले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्