रोशी । रोशी गाउँपालिकामा भेडाबाख्रामा लाग्ने रोग पिपिआर विरुद्धको खोप अभियान शुरु गरेको छ । पशु सेवा कार्यालय धुलिखेल काभ्रेको आयोजना तथा रोशी गाउँपालिकाको समन्वयमा सप्ताहव्यापी खोप अभियान शुरु भएको हो । बुधबार रोशी–७ लास्टकोट स्थित स्थानीयको बाख्रालाई खोप लगाएर गाउपालिकाको पशु सेवा शाखाका प्राविधिकहरु सहित गाउँपालिका अध्यक्ष दिनेश लामाले अभियानको शुभारम्भ गरेका छन । अभियानको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष लामाले गाउँपालिका भित्रको भेडा बाख्रालाई पिपिआर रोगबाट सुरक्षित राख्न कुनै कसर नराख्न बताएका छन । अभियानमा भेडा बाख्रालाइ खोप लगाउन मात्र नभई किसानलाई खोप र रोगको बारेमा जानकारी दिन पनि पशुप्राबिधिकहरुलाइ लामाले अनुरोध गरेका छन । गाउँपालिकाभित्रको किसानका भेडा बाख्रालाई सुरक्षीत राख्न गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्न गाउँपालिका तयार रहेको उनले जानकारी दिए । रोशीगाउँपालिका भरी करिब ५० हजार ५२ वटा भेडा बाख्रा रहेकोमा पशुसेवा कार्यालय धुलिखेल काभ्रेले रोशीका लागि १५ सय डोज भ्याक्सिन पठाएको रोशीगाउँपालिका पशुसेवाशाखा प्रमुख रघुनी शाहले जानकारी दिए । रोशीगाउपालिकामा १२ वटा वडा रहेको छ । उक्त सबै वडामा क्रमैसग भ्याक्सिन लगाउदै जाने शाखा प्रमुख शाहले जानकारी दिए । प्रत्येक वडामा तीन समुहमा बाडिएर खोप लगाउने उनले जानकारी दिए । खोप अभियान फागुन १६ गतेबाट सुरु गरी २३ गते समापन गर्ने शाखाले जनाएका छन । यो अभियान हरेकबर्ष गर्दै आएको आयोजकले जनाएका छन ।
