IMG-LOGO

चौंरीदेउराली गाउँपालिकामा ५ औं अध्यक्ष गोल्ड कप हुने

 मंगल, फागुन २२, २०८०  ---

     काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा गाउँपालिका स्तरीय ‘पाँचौ अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता २०८०’ फागुन २९ गतेदेखि शुरु हुने भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा, चौंरीदेउराली गाउँपालिकाको कार्यालयको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

     गाउँपालिकाको आ.व. २०८०÷०८१ को नीति तथा कार्यक्रम अनुसार सो प्रतियोगिता हुन लागेको वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईंले बताउनुभयो । प्रतियोगिताको  काफ्ले खेल मैदान, चौंरीदेउराली गाउँपालिका वडा नं. ३ मा फागुन २९ गते उद्घाटन हुने छ , फागुन २९ गते देखि चैत्र १ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लागि फागुन २७ गते सम्म टिम दर्ता गराईसक्नु पर्ने आयोजकले जनाएको छ  ।

     वडा अध्यक्ष चौंलागाईंका अनुसार गाउँपालिकाले खेलकुदको माध्यमबाट युवा जगतमा अनुशासन एवं आचरणमा सुधार ल्याई शारीरिक, मानसिक एवं बौद्धिक विकास गर्ने उद्देश्यले हरेक वर्ष सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा प्रत्येक वडाहरुबाट सहभागि हुने छ ।प्रत्येक टिममा १८ जना सहभागी गराउनुपर्ने जनाइएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्