IMG-LOGO

जनमत वाङ्मय सम्मानित प्रतिभाहरुको घोषणा

 मंगल, फागुन २२, २०८०  ---

     जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यसवर्ष विभिन्न साहित्यकारहरुलाई प्रदान गरिने भएको छ । यसवर्ष २०७९ सालको दीपा–जनमत सम्मान – प्रा. डा. लक्ष्मणप्रसाद गौतम  (बागलुङ) लाई, गणेश÷ खिलकुमारी दुवाल – जनमत सम्मान प्रमोद प्रधान (मोरङ) लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान – डा. अभि सुवेदी (तेह्रथुम) लाई, जनमत–जनक प्रधान सेवा सम्मान – राजेश खनाल (काठमाडौं) लाई प्रदान गरिनेछ ।

     त्यसैगरी केवलपुरे–जनमत सम्मान – नर्मदेश्वरी सत्याल (संखुवासभा) लाई, जनमत – महेन्द्रलाल कलाकार सम्मान – रविन्द्र श्रेष्ठ (भक्तपुर) लाई, कमला सैंजू – जनमत सम्मान – लक्ष्मी माली (काठमाडौं) लाई, जनमत–राजभाई सहयात्री सम्मान – बाबुराम श्रेष्ठ ‘वर्षा’ (मोरङ) लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान मेरिना स्मृति (काठमाडौं) लाई प्रदान गरिनेछ । जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान – गङ्गादेवी कसजू (बाग्लुङ) लाई, जनमत–सिचि धर्म÷संस्कृति सम्मान – रामकृष्ण कर्माचार्य (ललितपुर) लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान – महेश पौड्याल (काठमाडौं) लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान – डा. सिर्जना श्रेष्ठ (काठमाडौं) लाई प्रदान गरिने भएको छ ।

     यसैगरी जनमत–ज्ञानरत्न÷ मंगलतारा राष्ट्रिय सम्मान – दिनेश गुप्ता (पर्सा, भोजपुरी भाषा) र जनमत – पूर्णमान÷लुचि समाजसेवा सम्मान – रामराजा धौभडेल  (काभ्रे) लाई प्रदान गरिनेछ ।  जनमत वाङ्मय प्रतिष्ठान नेपालको ४० औं वार्षिकोत्सवका अवसरमा आगामी २०८० चैत्र १७ गते बनेपामा आयोजना हुने कार्यक्रममा यी सम्मानहरू प्रदान गरिने छन् । उक्त सम्मानमा प्रत्येक सम्मानित प्रतिभाहरुलाई रु.१०,०००।– नगद पनि प्रदान गरिने कुरा प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्