गत मंगलबार पत्रकारिताको माध्यामबाट डाँडापारीको समस्यालाई उजागर गरेको भन्दै नेपाल प्रेस युनियन काभ्रे शाखाको आयोजनामा शोभा हुमागाईलाई नगदसहित पुरस्कार प्रदान गरिएको हो । उनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिब हुमागाई र प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, पुरस्कारका संरक्षक गोपालकृष्ण सापकोटा लगायतले ५ हजार ५ सय ५५ रुपैया, दोसल्ला र सम्मानपत्रले सम्मानगर्नुभएको थियो । १४ बर्ष अघि उच्च शिक्षा अध्यायनको लागि ललितपुर जानेक्रममा बस दुर्घटनामा परी मृत्यु भएकी उर्मिला सापकोटाको नाममा परिवारले स्थापना गरेको पुरस्कार हरेक वर्ष फागुन १५ गते हस्तान्तरण हुँदै आएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिब हुमागाई,प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, नेपाली काँग्रेस जिल्ला कार्य समितिका कार्यवाहक सभापति ठाकुर न्यौपाने, उपसभापति रमेश हुमागाईं, सचिब माधव ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरी, क्षेत्र नम्बर १ का सभापति दिनेश लामा, युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उर्मिला सापकोटाका पिता गोपालकृष्ण सापकोटा, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेल, प्रेस युनियनका केन्द्रीय सदस्य नारायण सापकोटा, कपिल कोईराला, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, प्रेस युनियन बागमति प्रदेशका लेखा संयोजक शंकर अधिकारी, सामुदायिक रेडियो प्रसारक संघ काभे्र संयोजक रमेश प्रसाद न्यौपाने, सञ्चारिका समूह काभ्रेका अध्यक्ष सुनिता सापकोटा, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष सन्तोष चौलागाईं, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा लगायले उर्मिला सापकोटाप्रति श्रद्धाञ्जली तथा सम्मानित हुमागाईप्रति बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रम प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
