धुलिखेल अस्पतालमा बालरोग विभागको नयाँ भवन उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दिपेन्द्ररमण सिं ले भवन उद्घाटनगर्नुभएको हो । कार्यक्रममा अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजु, काठमाण्डौं विश्वविद्यालयका पुर्व उपकुलपति सुरेशराज शर्मा, धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु, धुलिखेल अस्पतालका डा.आभा श्रेष्ठ, डा. श्रृजना श्रेष्ठ लगायतको आतिथ्यतामा भवनको उद्घाटन गरिएको हो ।
काभ्रे, रामेछाप, सिन्धुपालचोक, दोलखा, सिन्धुली लगायतका धेरै जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रवाहगर्दै आएको छ । प्रा.डा रामकण्ठ मकाजुले सेवाग्रहीको विश्वास र सरकारको सहयोगका कारण अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न सकेको बताउनुभयो । करिव ६४ करोड लागतमा निर्माण भएको भवनलाई निर्माणका लागि १० करोड रुपैयाँ एभरेष्ट बैंकका सीइओ बिके श्रेष्ठले सहयोग गरेको जनाइएको छ । धुलिखेल अस्पतालले नवजात सघन उपचार केन्द्र (एनआईसीयू), बाल सघन उपचार केन्द्र (पीआइसीयू) सञ्चालन गरिरहेको प्रा.डा. श्रृजना डंगोलले जानकारी दिनुभयो । कार्यक्रममा डा. श्रृजना डंगोलले समेत बोल्नुभएको थियो ।
