IMG-LOGO

धुलिखेल नगरपालिको हिंसा निवारण कार्यक्रम

 मंगल, फागुन २२, २०८०  ---

 

    धुलिखेल नगरपालिकामा लैंगिक हिंसा निवारण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ  । धुलिखेल नगरपालिका लैंगिक विकास तथा समाजकल्याण शाखाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, धुलिखेल नगरपालिका उप–प्रमुख निराजन जंगम, जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्का, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, सामाजिक विकास समिति संयोजक गणेश आचार्य लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका लैंगिक संपर्क व्यक्ति र महिला जनप्रतिनिधिको उपस्थितीमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

     सचेतनामुलक कार्यक्रममा धुलिखेल नगरपालिका लैंगिक विकास तथा समाजकल्याण शाखा संपर्क व्यक्ति पुजा काफ्लेले लैंगिक हिंसा न्युनिकरणका लागि नगरपालिकाले गरेका लैङ्गिक चेतना कार्यक्रमको सवालमा प्रकाश पार्नुभएको थियो । हिंसा न्युनिकरणका लागि धुलिखेल नगरपालिकाले लैंगिक हिंसा नगरी समान व्यवहार गरौं, महिला पुरुष कोहि पनि यो हिंसामा नपरौं भन्ने नारालाई वार्षिक निती तथा समावेश गरेको छ । कार्यक्रममा प्रशिक्षक सुमित्रा अधिकारीले लैंगिक समानता तथा सामाजिक समावेशीकरणको बारेमा बोल्नुभउको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्